बिहीबार, १३ वैशाख २०८१

भारतका राष्ट्रपति प्रणव मुखर्जी स्वदेश फर्किए,राष्ट्रपति र उपराष्ट्रपतिले गरे विदाइ

समयपोष्ट २०७३ कार्तिक १९ गते १२:२४

नेपालको ३ दिने औपचारिक भ्रमण पूरा गरी भारतका राष्ट्रपति प्रणव मुखर्जी स्वदेश फर्किएका छन् । 
उनलाई विदाइ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए ।
राष्ट्रपति मुखर्जीले ३ दिने नेपाल बसाईका क्रममा राष्ट्रपतिदेखि बिभिन्न दलका नेताहरुसँग छुट्टाछुट्टै तथा सामुहिक रुपमा भेटवार्ता गरे । मुखर्जीले पशुपतिनाथ र जनकपुरको जानकी मन्दिर दर्शन गर्नुका साथै पोखरा पुगेर पूर्व गोर्खा सैनिकहरुलाई सम्बोधन गरेका थिए ।
१८ बर्षपछि भारतको माथिल्लो तहबाट भएको राजकीय भ्रमणले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन सकारात्मक योगदान पुर्याएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री