बिहीबार, २० वैशाख २०८१

 सामसङ नेपालको सफलता पार्टी 

समयपोष्ट २०७३ कार्तिक १९ गते ३:५९

नेपालको लागि सामसङको आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज  (आइएमएस) ले सामसङ सफलताको उपलक्षमा पार्टी मनाएको छ । 
सफलता पार्टीमा सामसङ इन्डियाका अध्यक्ष तथा कार्यकारी प्रमुख एचसी होङ, सामसङ नेपालका प्रमुख युविन वन र आइएमएस नेपालका अध्यक्ष दिपक मलहोत्रा लगायतको सहभागिता रहेको आइएमएस नेपालका  सीइओ दिकेश मलहोत्राले फेसबुकमार्फत सार्वजनिक गरेका छन । 
सामसङ नेपालको नम्बर १ ब्राण्डको मोवाइल हो । 

Advertisement

 आयो नयाँ ग्यालेक्सी एस ७ एज
 

samsung-set

सामसुङले नयाँ ग्यालेक्सी एस ७ एज ल्याएको छ। कम्पनीले एस ७ एज नयाँ रङ संस्करणमा ल्याएको हो। अहिले ब्लु कोरल रङमा उपलब्ध गराइएको यो फोन पहिले कालो, सेतो, सिल्भर र पींक गोल्डमा उपलब्ध थियो। सामसुङ ग्यालेक्सी एस७ एजमा ५.५ इन्चको स्क्रिन छ। ४ जीबी र्याम र १२ मेगापीक्सेल क्यामरा भएको यो कम्पनीको फ्ल्यागसिप फोन हो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री