शुक्रबार, १४ वैशाख २०८१

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १३ औं वर्षमा प्रवेश

समयपोष्ट २०७३ कार्तिक १९ गते ३:४५

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । बैंकले १३औं वार्षिकोत्सवको अवसरमा समाजप्रतिको उत्तरदायित्वलाई निर्वाह गर्ने कार्यलाई निरन्तरता दिन रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

Advertisement

केन्द्रीय कार्यालय, बालुवाटार काठमाडौं, क्षेत्रीय कार्यालय नेपालगन्ज र क्षेत्रीय कार्यालय पोखरा परिसरमा अयोजित रक्तदान कार्यक्रममा काठमाडौंमा ३५ प्वाइन्ट, नेपालगन्जमा ५५ प्वाइन्ट र पोखरामा १०७ प्वाइन्ट गरी जम्मा १९७ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बताए । संकलित रगत स्थानीय रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री