शुक्रबार, ७ वैशाख २०८१

प्रणवको कामना- संविधानको सफल कार्यान्वयन होस्

समयपोष्ट २०७३ कार्तिक १९ गते ३:२५

नेपाल भ्रमणमारहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारतले सदैव नेपालको राजनीतिक स्थायित्व, शान्ति र समुन्नतिका लागि अगाडि बढेको देख्न चाहेको बताएका छन् ।

Advertisement

उनले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको अवस्थामा भारतले आफ्ना अनुभवहरूद्वारा नेपालमा बहुदलीय लोकतन्त्रको सुदृढीकरण, सामाजिक, आर्थिक विकास र लोकतन्त्र संस्थागत गर्न सहयोग गर्न सक्ने पनि बताए ।

नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्पोरेरी स्टडिज र इन्डिया फाउन्डेसन नयाँ दिल्लीले काठमाडौँमा आयोजना गरेको दुईदिने नेपाल भारतबीच नयाँ आयामको खोज विषयक गोष्ठी समापनका अवसरमा बिहीबार यस्तो बताएका हुन् ।

राष्ट्रपति मुखर्जीले विभिन्न भूमिकामा आफू यसअघि पनि पटकपटक नेपाल आएको स्मरण गर्दै विगतको तुलनामा नेपालमा राजनीतिक परिवर्तन, नयाँ संविधान, विकासका दृष्टिकोण अगाडि बढेको चर्चा गरे ।उनले नेपालले हासिल गरेको उपलब्धिलाई स्वागत गर्दै समाजका सबै पक्षलाई समेटेर त्यसको सफल कार्यान्वयनमा अगाडि बढोस् भन्ने कामना पनि गरे ।

उनले दुई देशबीच रहँदै आएको खुला सिमानाको दुरुपयोग हुन नदिई दुवै मुलुकको साझा हितको लागि प्रभावकारी रूपमा उपयोग गरिनुपर्ने धारणा पनि व्यक्त गरे । उनले दुवै मुलुकले आ–आफ्ना देशका निजी क्षेत्रलाई सेवा र उत्पादनको क्षेत्रमा एक अर्का मुलुकमा लगानी बढाउन प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे । गोरखापत्र दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री