शनिबार, १५ वैशाख २०८१

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा लाखवत्ती बालेर गरे विशेष पूजा

समयपोष्ट २०७३ कार्तिक १८ गते ६:५३

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले विहीबार विहान पशुपतिनाथ मन्दिरमा लाखवत्ती बालेर विशेष पूजा गरेका छन् । उनले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव,नवग्रह लगायत देवीदेवताको पूजाअर्चना र शास्त्रोक्त विधिपूर्वक पञ्चामृत स्नान तथा रुद्रीपाठसहित पूजा गरे । राष्ट्रपति  मुखर्जीले पशुपतिनाथ मन्त्रदीरमा खाममा राखेर भेटी चढाएका थिए । 

Advertisement

 मित्रराष्ट्र भारतका राष्ट्राध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी गरिएको थियो ।  राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गरे भने कोषका अध्यक्षसमेत रहेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गरेका थिए ।  राष्ट्रपति  मुखर्जीले मन्दिरको मुख्य गेट अगाडि पशुपति क्षेत्र विकास कोषका कर्मचारीहरुसँग तस्वीर पनि खिचाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री