बिहीबार, १३ वैशाख २०८१

एसियाली विकास बैंक ले १२ अर्ब ऋण तथा अनुदानको घोषणा गर्यो

समयपोष्ट २०७३ कार्तिक १८ गते ५:५५

 

Advertisement

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले १२ अर्ब रूपैयाँ ऋण दिने भएको छ । 

नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार गर्न र शिक्षाको  गुणस्तर अभिवृद्धि गर्न  एडिबीले  १२ अर्ब रूपैयाँ ऋण सहयोग गर्न लागेको हो ।

बैंकले १२ अर्ब रूपैयाँ ऋणमध्ये पाँच करोड अनुदान स्वरुप उपलब्ध गराउँने मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

नेपाल सरकारको सातवर्षे विद्यालय क्षेत्र विकास योजना कार्यान्वयन गर्न एडिबीले ऋण सहयोग गर्न लागेको हो ।

उपलब्ध गराईएको ऋण र अनुदान नेपालका दुईसयवटा नमुना भुकम्पप्रतिरोधि विद्यालय भवन निर्माणमा उपयोग गरिनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री