शुक्रबार, १६ चैत २०८०

पुस महिनाभित्रै ७५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने ,  लोडसेडिङ अन्त्यको लागि सरकारले विद्युत आयोजनाहरुको कामलाई विषेश प्राथमिकताका साथ अघि बढायो 

समयपोष्ट २०७३ कार्तिक १८ गते ५:३३


काठमाडौं । ७५ मेगावाट विद्युत उत्पादन क्षमताका आधा दर्जन जलविद्युत आयोजनाहरुबाट उत्पादन भएको विजुली नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिइसक्ने उर्जा मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयको अनुसार आउँदो पुस महिनाभित्रै उत्पादित विजुली प्राधिकरणको राष्ट्रिय प्रसारण  लाइनमा जोडिसकिने छ । 

मन्त्रालयको अनुसार आगामी पुसभित्रै कास्कीको २५ मेगावाट उत्पादन क्षमताको माथिल्लो मादी, गोर्खाको ६ मेगावाटको दरौंदी ए, ताप्लेजुङको १४।९ मेगावाटको हेवाखेला, १४ मेगावाटको मुस्ताङको थापाखोला, ताप्लेजुङकै १० मेगावाटको माथिल्लो माई सी र ६ मेगावाटको ललितपुरको तुमुङ थोस्मे खोलाबाट उत्पादित बिजुली राष्ट्रय प्रसारणलाइनमा जोडिइसक्ने छ ।

यी आयोनजाहरुमध्ये दरौंदी ए को परिक्षण उत्पादन भइरहेको छ भने केही दिनभित्रै मादी आयोजनाले परिक्षण उत्पादन सुरु गर्नेछ ।

लोडसेडिङ न्यूनिकरणमा जोड दिँदै सरकारले विद्युत आयोजनाहरुको कामलाई विषेश प्राथमिकताका साथ अघि बढाइरहेको उर्जा मन्त्रालयले जनाएको छ ।

 सरकारले प्राथमिकताका साथ आयोजना अघि बढाएपनि आयोजनाहरु तोकिएको समयमै बन्न भने सकेका छैनन् ।

हालसम्म ८० मेगावाट उत्पादन क्षमताका दुई आयोजना मात्रै सम्पन्न भइसकेका छन् । 

हिउँदमा ती आयोजनाहरुबाट करिब ३० मेगावाट मात्रै विजुली निष्कने छ ।

हिउँदको समयमा कूल उत्पादन क्षमताको ४० देखि ५० प्रतिशतमात्रै विजुली उत्पादन हुने उर्जा मन्त्रालयले जनाएको छ ।


   
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री