शुक्रबार, १६ चैत २०८०

ग्राण्डीको निर्देशकमा डा बिजुक्छे नियुक्त

समयपोष्ट २०७८ मंसिर ८ गते २१:१०

Advertisement

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल निर्देशकमा डा विनोद बिजुक्छे नियुक्त हुनुभएको छ ।

ग्राण्डीको आज बसेको सञ्चालक समितिको बैठकले डा बिजुक्छेलाई चार वर्षका लागि मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरेको हो ।

ग्राण्डीका मेडिकल निर्देशक डा चक्रराज पाण्डे सो पदबाट हटेसँगै उपनिर्देशकसमेत रहनुभएका डा बिजुक्छेलाई मेडिकल निर्देशकको जिम्मेवारी प्रदान गरिएको हो । ग्राण्डीको स्थापनाकालदेखि नै कार्यरत डा बिजुक्छे वरिष्ठ स्पाइनल सर्जन हुनुहुन्छ ।

अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा नेपालमा नै प्रदान गर्ने उद्देश्यले विसं २०६९ मा स्थापना भएको ग्राण्डीले हाल २०० शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री