शुक्रबार, १६ चैत २०८०

शिवम् सिमेन्टद्धारा पाँच स्थानमा अन्र्तक्रिया, २६० जना निर्माणकर्मीहरुको ५ लाखको दुर्घटना बीमा

समयपोष्ट २०७८ मंसिर ८ गते १८:४९

Advertisement

शिवम् सिमेन्ट लि. ले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माण कर्मीहरुसंग परामर्श तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्र्तक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्ने हुँदा उक्त जोखिमलाई मध्यनजर गरी शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरु को लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित अन्र्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आईरहेको शिवमले हाल आबुखैरेनी, मुग्लिङ, गोरखा, दमौली र डुम्रेका २६० निर्माणकर्मीहरु संग परामर्श तथा बीमा कार्यक्रम सम्पन्न गरेको हो ।

पहिलो चरण अन्र्तगत भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरु संग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधीले बताएका छन् । उक्त अन्र्तक्रिया कार्यक्रममा दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको थियो । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायी लगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेताहरु संगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।

यो संगै शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गर्न सकिने छ । “भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “Quality को मामलामा No Compromise, जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक NS Quality award-2019 प्रथमबाट सम्मानीत भएको थियो ।

OPC Cement मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली OPC सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा ISI, URS प्रमाणित ISO Certificate प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री