शनिबार, ११ मंसिर २०७८

जोमसोममा बुधबारदेखि बजाज डोमिनार २५० राइड

समयपोष्ट २०७८ मंसिर ६ गते १३:०९

Advertisement

बजाज मोटरसाइकल र डोमिनारको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आगाामी बुधबारदेखि मुस्ताङको जोमसोममा पाँच दिने राइड आयोजना गर्ने भएको छ ।

बजाज डोमिनार २५० का चालकहरूको लागि डोमिनार राइड संचालन गर्न लागिएको बजाजले जानकारी दिएको छ ।

जोमसोमसम्म गरिने यो डोमिनार राइड यही मंसिर१२ गतेसम्म सञ्चालन हुनेछ । डोमिनार चालकहरूको लागि तयार पारिएको पाँचदिने अल पेड ट्रिप ‘राइड योर ओन स्टोरीज’ थिममा आधारित रहेको बताइएको छ ।

सम्पूर्ण खर्च कम्पनीले ब्यहोर्ने यो राइडमा हरेक डोमिनार राइडरले डोमिनार २५० मा चढेर जोमसोम जाँदा रमाइलो अनुभव बटुल्ने बजाजको दाबी छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री