शुक्रबार, ४ जेठ २०८१

४८.१० प्रतिशतले बढ्यो टेलिकमको खुद नाफा

समयपोष्ट २०७८ कार्तिक ३० गते १३:२४

Advertisement

नेपाल टेलिकम (एनटीसी) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४८.१० प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा टेलिकमले करिब १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २५ करोड ९९ लाख नाफा कमाएको हो ।

कम्पनीको संचालन आय ८ अर्ब ६२ करोड ८४ लाख ३४ हजार रहेकोमा चालु आ.वको सोही अवधिमा १ अर्ब ४ करोड ८९ लाख ४ हजार ९ अर्थात, १२.१६० ले वृद्धि भइ ९ अर्ब ६७ करोड ७३ लाख ३८ हजार पुगेको टेलिकमले जनाएको छ ।

Advertisement

सेवाको विस्तारसँगै फोर जी कार्यान्वयन, मोवाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोग बढेकाले नाफा बढेको टेलिकमले जनाएको छ । टेलिकमको सेवा नपुगेका स्थानहरूमा समेत टूजी, थ्रीजी र फोरजी सेवाको विस्तारले ग्राहक बढेको दाबी गरेको छ ।

कम्पनीका अनुसार एफटीटीएच सेवामार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपी टिभि सेवाको उपयोग बढ्दा फिक्सड नेटवर्कबाट हुने आयमा सकारात्मक प्रभाव परेकाले नाफा बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री