शुक्रबार, २१ वैशाख २०८१

ज्योति लाइफले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ कार्तिक १५ गते १०:२७

Advertisement

ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक १४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री