बुधबार, १२ वैशाख २०८१

सूर्यविनायक नगरपालिकाका प्रमुखलाई कोरोना सङ्क्रमण

समयपोष्ट २०७७ मंसिर १३ गते १९:२५

Advertisement

आफ्ना नगरपालिकाका बासिन्दालाई कोरोना भाइरस सङ्क्रमणबाट जोगाउन अहोरात्र खटिएका सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालाई कोरोना सङ्क्रमण भएको छ । प्रमुख थापाले आज सामाजिक सञ्जालबाट आफू कोरोना भाइरसबाट सङ्क्रमण भएको जानकारी दिँदै आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्न र सचेत रहन आग्रह गर्नुभएको छ । नगरपालिकाले कोरोना सङ्क्रमण रोक्न र सङ्क्रमितको व्यवस्थापनमा घुम्ती स्वाब सङ्कलनदेखि स्वास्थ्यका गतिविधिमा खटिनुभएका प्रमुख थापा आफँै कोरोना सङ्क्रमित हुनुभएको हो ।

होम आइसोलेसनबाटै नगरप्रमुख थापाले भन्नुभयो, “गत बिहीबार साँझ म घर पुगेपछि हल्का ज्वरोको महसुस भयो, शुक्रबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो, हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या देखिएको छैन । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।”

त्यसैगरी उपत्यका नगरपालिका फोरमले आज एक विज्ञप्ति जारी गर्दै फोरमका सदस्य एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको शीघ्र स्वाथ्यलाभको कामना गरेको छ । फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य, उपाध्यक्ष चिरीबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आफ्ना नगरवासीलाई कोरोनाबाट जोगाउन कर्तव्यबोधका साथ अहोरात्र खटिने क्रममा नगरप्रमुख थापा आफैँ कोभिड–१९ बाट सङ्क्रमण हुनुभएकामा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँसँग सम्पर्कमा आउनुभएका सचेत रहेर पिसीआर परीक्षण गर्न आग्रह गर्दछौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री