बुधबार, २६ वैशाख २०८१

पाकिस्तानी सेनाको गोली प्रहारबाट भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

समयपोष्ट २०७७ मंसिर १२ गते २०:२०

Advertisement

पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय सेनामा कार्यरत नेपाली युवा प्रेम केसीको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३५ वर्षीय केसीको कास्मिरमा बिद्रोहीको आक्रमणबाट शुक्रबार मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमले रायफलम्यान सुकवीर सिंह र नायक प्रेमबहादुर खत्री (प्रेम केसी)को मृत्यु भएको जनाएका छन् । रजौरी सुन्दरवानी सेक्टरमा बिहान ५ बजे पाकिस्तानी सेनाले एक्कासी गोली चलाएको थियो ।

पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका दुबैजनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

Advertisement

१४ वर्षदेखि भारतीय सेनामा कार्यरत केसीका श्रीमती, ७ वर्षीया छोरी र ५ वर्षका छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री