शुक्रबार, ७ वैशाख २०८१

मिशालसंग ब्रेकअप भएको बर्षदिन पनि नपुग्दै फेरी प्रेममा परिन् आमिरकी छोरी इरा

समयपोष्ट २०७७ मंसिर ११ गते १४:०९

Advertisement

आमिर खानकी छोरी इरा हाल आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छिन् । उनले नयाँ प्रेमी नुपुर शिखरेसंगको तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्न थालेपछि उनको फेरी चर्चा हुन थालेको छ । भारतीय मिडियाका अनुसार कोभिड–लकडाउनका क्रममा इरा र नुपुर शिखरेबीच प्रेम बसेको थियो । नुपुर उनका पिताका फिटनेस कोच हुन् । खबरका अनुसार उनीहरु पछिल्लो ६ महिनादेखि डेट गरिरहेका छन् ।

इरा र नुपुर लकडाउनका बेला नजिकिएका हुन् र दुबैको सम्बन्ध निकै बलियोसँग अघि बढिरहेको देख्न सकिन्छ । इरा र नुपुरले सोसल मिडियामा आफ्ना थुप्रै भिडियो सेयर गरेका छन् जसमा दुबै वर्कआउट गरिरहेको देख्न सकिन्छ ।

भारतीय मिडियाको खबरलाई विश्वास गर्ने हो भने इरा र नुपुर आमिर खानको महाबलेश्वरम फार्महाउसमा छुट्टी मनाउन गएका थिए । त्यतिबेला उनीहरुले एक–साथ लामो समय बिताए । इराले नुपुरलाई आफ्नी आमा रिना दत्तासँग पनि भेट गराइसकेको बताइएको छ । दुबैले दिवाली पनि सँगै मनाएको तस्बिर सार्वजनिक भएको छ ।

यसअघि इराको म्युजिक कम्पोजर मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा थिईन् । डिसेम्बर २०१९ मा इरा र मिशालको ब्रेकअप भयो । २३ वर्षकी इराले आफ्नो ब्रेकअपको विषयमा इन्स्टाग्राममा एउटा पोस्ट पनि सेयर गरेकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री