शनिबार, १५ वैशाख २०८१

अंकिताले प्रेमीसँग डान्स गरिरहेको भिडियो पोष्ट गरेपछि रिसाए सुशान्तका प्रशंसक

समयपोष्ट २०७७ मंसिर १० गते १६:०३

Advertisement

अभिनेत्री अंकिता लोखन्डेले प्रेमी विक्की जैनसँग दिवाली सेलिब्रेट गरेको एक भिडियो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । विक्कीसँग डान्स गरिरहेको उक्त भिडियो पोष्ट गरेपछि भिडियोले दुबै सकारात्मक र नकारात्मक प्रतिक्रिया पाएको छ । विशेषगरी सुशान्त सिंह राजपूतका प्रशंसकले यसमा नकारात्मक टिप्पणी गरेका छन् ।

अंकितको यो भिडियो हेरेपछि एक प्रयोगकर्ताले लेखे, ‘अर्थात्, सुशान्तका लागि न्याय सबै नाटक थियो ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यस्तो लागिरहेको छ कि तिमीले सुशान्तको मजाक उडाइरहेकी छौ र उनको मृत्युको उत्सव मनाइरहेकी छौ ।’

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘तपाईंबाट यस्तो आशा गरेको थिइन ।’

अर्की प्रयोगकर्ताले लेखेकी छिन्, ‘अंकिता ठिक छ, तिमी आफ्नो जीवनमा अघि बढिसकेकी छौ र सुशान्तलाई बिर्सिसकेकी छौ तर कृपया तिमी आफ्नो खुसी आफैंसँग राख्न सक्छौ ?’

यस्तै, अर्की प्रयोगकर्ताले लेखेकी छिन्, ‘यो देखेपछि अब म तिमीलाई अनफलो गर्दैछु ।’

साथै अर्की इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छिन्, ‘यिनीहरुलाई फरक नै पर्दैन । हाम्रो सुशान्त सिंहको मृत्युको फाइदा उठाएकी मात्र हुन्, त्यसैले त उनी बितेको एक महिनासम्म केही पोस्ट गरिनन् । अब जब कसैले पनि उनलाई औंला उठाइरहेको छैन तब आफ्नो वास्तविकतामा आएकी छिन् । ’

यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘हाहा, तिमीलाई जति मन लाग्छ नाच्न सक्छौ तर तिमीले भित्रै देखि के बुझ्न जरुरी छ भने तिम्रा यहाँ सबै फलोअर्स सुशान्त सिंह राजपूतका फ्यान हुन् र उनकै फलोअर्सले तिमीलाई फलो गरिरहेका छन् । उनको मृत्युपछि पनि उनकै प्रशंसकले तिमीलाई समर्थन गरिरहेका छन् । उनको फ्यानबेस निकै राम्रो छ र तिमीले जतिबेला यस्ता कुराहरु पोस्ट गर्छौ, यी कुरा याद राख्नुपर्छ । ’

https://www.instagram.com/p/CH7DZfCBsvP/

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री