शुक्रबार, १४ वैशाख २०८१

पुन : लकडाउन बारे सिसिएमसीले गर्यो यस्तो निर्णय

समयपोष्ट २०७७ मंसिर ९ गते १८:३१

Advertisement

कोभिड संकट व्यवस्थापन समिति(सिसिएमसी)को बैठक सकिएको छ ।

मंगलबारको बैठकले काठमाडौं उपत्यकामा तत्काल लकडाउन नगर्ने निर्णय गरेको छ । उपत्यका मेयर फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार छठपछि लकडाउन गर्ने भनिए पनि संक्रमणदर घट्दो क्रममा रहेकाले तत्काललाई लकडाउन नगर्ने निर्णय गरिएको हो ।

प्रमुख श्रेष्ठले सिसिएमसी बैठकले लकडाउनको अधिकारी प्रमुख जिल्ला अधिकारीलाई दिएको र तत्कालको अवस्थामा लकडाउन नगर्ने निर्णय भएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री