बुधबार, १४ माघ २०७७

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता

समयपोष्ट २०७७ मंसिर ९ गते १६:४०

Advertisement

ज्योति विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतपत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा खल्तीका तर्फबाट कम्पनीका निर्देशक सुमित अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता पश्‍चात् ज्योति विकास बैंक मार्फत ग्राहकहरुले मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन।

खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ, इ-कमर्स मार्फत किनिएको समानको भुक्तानी तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिन्छ । खल्तीसंगको यस सहकार्य पश्‍चात् ज्योति विकास बैंकका ग्राहकहरुलाई थप सहजता हुने विश्वास लिईएको छ ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु।४२ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु। ३४ अर्व ६० करोड लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री