शनिबार, १५ वैशाख २०८१

सिटी एक्सप्रेस मनी ट्रान्सफरले जित्यो अन्तर्राष्ट्रिय अवार्ड

समयपोष्ट २०७७ मंसिर ८ गते १६:४६

Advertisement

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । गत बिहीबार अमेरिकाको फ्लोरिडामा आयोजित Remtech Awards 2020 मा कम्पनीले “पपुलारिटी अवार्ड” जित्न सफल भएको हो ।

यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिष्पर्धिलेहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएको कारणबाट उक्त अवार्ड जित्न सफल भएको हो ।

यससंगै कम्पनीले रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झन चुस्त ,दुरुस्त , छिटो छरिता एवं प्रभावकारी गराउन कोशिश गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरिएको जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री