बिहीबार, १३ वैशाख २०८१

ड्रग्स केसमा भारती सिंहका श्रीमान् हर्ष पनि समातिए

समयपोष्ट २०७७ मंसिर ७ गते ११:००

Advertisement

बलिउडकी हाँस्यकलाकार भारती सिंहपछि उनका श्रीमान् हर्ष लिम्बचिया पनि ड्रग्स केसमा समातिएका छन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले भारती र हर्षको घरमा शनिबार छापामारी गरिएको थियो जहाँ उनीहरुको घरमा गाँजा भेटिएको थियो । यतिमात्रै होइन, एनसीबी अधिकारीको सोधपुछमा हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्विकारेका छन् ।

स्मरण रहोस्, घरमा गाँजा भेटिएपछि भारती र हर्षलाई समन पठाएर एनसीबी कार्यालयमा सोधपुछका लागि बोलाइएको थियो । शनिबार बेलुका सोधपुछ पछि भारतीय सिंहलाई पक्राउ गरिएको थियो । भारती र हर्षका सहयोगीसँग पनि सोधपुछ गरिएको थियो । उनीहरुले गाँजा मगाउने स्रोतबारे पनि एनसीबीले पत्ता लगाइसकेको बताइएको छ ।

भारती सिंहलाई पक्राउ गरेपछि एनसीबीले रातभरी अफिसमा नै राख्यो । त्यहाँ उनीसँग सोधपुछ चल्यो । भारतीकी आमालाई छोरीलाई राती नै भेट्न पुगिन् तर भेट्ने अनुमति दिइएन । आइतबार भारतीलाई अदालतमा पेश गरिनेछ । अदालतले उनलाई कस्तो निर्णय सुनाउँछ, त्यो भने देख्न बाँकी छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री