शुक्रबार, १४ वैशाख २०८१

१०.९२ प्रतिशतले बढ्यो सगरमाथा इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०७७ मंसिर ४ गते १२:३४

Advertisement

सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १०.९२ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद बीमाशुल्क ३५ करोड ८१ लाख रुपैयाँ कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३२ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट ७ करोड १६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब १२ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ, बीमा कोषमा ६५ करोड ९२ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ४४ पैसा रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४०.३५ गुणा कायम भएको छ ।

सो अवधिसम्ममा इन्स्योरेन्सले ५० हजार ८२४ वटा बीमालेख जारी गरी ७३ करोड ६१ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, यस अवधिमा इन्स्योरेन्सले १ हजार ३१८ वटा दाबी बापत २१ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ भने ४ हजार १३३ दाबी बापतको ९२ करोड ५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री