बिहीबार, १३ वैशाख २०८१

आफ्नी भाञ्जीसंग दोस्रो विवाह गर्दै प्रभु देवा

समयपोष्ट २०७७ कार्तिक २८ गते ११:१३

Advertisement

निर्देशक, अभिनेता तथा कोरियोग्राफर प्रभु देवा आजकाल सम्बन्धका कारण चर्चामा छन् ।

त्यसको कारण हो देवाको दोस्रो विवाह । प्रभु देवाले सन् २०११ मा श्रीमती रामलतासँग सम्बन्धविच्छेद गरेका थिए । आजकाल देवा आफ्नी भाञ्जीलाई डेट गरिरहेका छन् र उनीहरु चाँडै नै विवाह गर्ने तयारीमा छन् । यद्यपि, यी खबरबारे प्रभु देवाको तर्फबाट कुनै आधिकारि बयान सार्वजनिक भएको छैन, न नै उनको समूहले यो खबरलाई पुष्टि नै गरेको छ ।

प्रभु देवाको सम्बन्धविच्छेद हुनुअघि उनको नाम दक्षिण भारतीय फिल्मकी सफल नायिका नयनतारासँग पनि जोडिएको थियो । प्रभु देवा र रामलताका तीन छोरा छन् ।

एक ग्रुप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका प्रभु देवा दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउडका शीर्ष कोरियाग्राफर र निर्देशकको रुपमा पनि परिचित छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री