बिहीबार, १५ चैत २०८०

सुशान्त सिंह राजपूतसँगै काम गरेका अर्का अभिनेताले गरे आत्महत्या

समयपोष्ट २०७७ कार्तिक २७ गते १९:०६

Advertisement

बलिउडमा फेरी अर्का अभिनेताले आत्महत्या गरेका छन् ।

दिवंगत सुशान्त सिंह राजपूतसँग फिल्म ‘काई पो छे’ मा काम गरेका अभिनेता आसिफ बसराले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मिडिया भास्कर दैनिकले रिपोर्टलाई उद्धृत गर्दै ५३ वर्षका बसराले हिमाचल प्रदेशको धर्मशालाको म्याकलोडगंजमा एक क्याफे नजिकै आत्महत्या गरेको जानकारी दिएको छ ।

उनले आफ्नो घर पालुवा कुकुरलाई बाँध्ने डोरीले पासो लगाएर आत्महत्या गरेको बताइएको छ । यद्यपि, आत्महत्याको सही कारण पत्ता लाग्न नसकेपनि स्रोतले उनी डिप्रेशनसँग जुधिरहेको बताएको छ ।

प्रहरीले आसिफको शव नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । एसपी विक्रान्त रञ्जनले आफ्नो बयानमा आफूले हरेक कोणबाट अनुसन्धान गरिरहेको बताए ।

आसिफ करिब पाँच वर्षदेखि म्यालोडगन्जमा एक भाडाको घरमा एक विदेशी महिलासँग लिभ इनमा बसिरहेका थिए । प्रहरीले यी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । खबरलाई विश्वास गर्ने हो भने आसिफले जुन कुकुरको डोरीको पासो लगाएका थिए, त्यो पनि गायब छ ।दैनिकभाष्कर

प्रतिक्रिया

सम्बन्धित सामाग्री