शनिबार, १५ वैशाख २०८१

तेल चोरीकाण्डमा मुछिएका रुपन्देहीका ३८ व्यवसायीले पाए सफाई,चालक भने दोषी ठहर

समयपोष्ट २०७४ मंसिर १४ गते ५:२३

रुपन्देहीको तेल चोरी प्रकरणमा मुछिएका पेट्रोलियम व्यवसायीलाई उच्च अदालतले सफाई दिएको छ । पेट्रोलियम पदार्थ चोरी प्रकरण अन्र्तगत कालोबजारी गरेको अभियोगमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा दायर मुद्दामा मुछिएका रुपन्देहीका ब्यबसायी चोपनारायण श्रेष्ठ लगायतका ३८ जना व्यवसायीले बुटवल इजलासको बुधवारको फैसलासँगै उक्त अभियोगवाट सफाई पाएका हुन् । 

Advertisement

यससंगै व्यवसायीले पेट्रोलियम पदाथ चोरी, भन्सार चोरी र कालो बजारी अभियोगबाट समेत मुक्ति पाएका छन् ।

०७२ वैशाख १६ गते राष्ट्रिय सतर्कता केन्द्र रुपन्देही प्रहरीले जिल्लाको पडसरी र मधवलियाबाट तेल भण्डारको भूमिगत ट्याङ्कीसहित ट्याङ्करलाइ रंगेेहात पक्राउ गरेको थियो ।

न्यायाधिशद्वय हरिकुमार पोखरेल र नाग्रेन्द्र्रलाभ कर्णको सम्युक्त इजलासले यो फैसला गरेको उप-रजिष्टार नेत्र प्रसाद भुसालले बताए । यो प्रकरणका अभियुक्तलाई चोरी, कालोबजारी, सम्पत्ति शुद्धीकरण, करछली र अख्तियार दुरुपयोग गरी पाँचवटा मुद्दा चलाइएको थियो ।

पट्रोलियम व्यवसायी विरुद्धको दायर मुद्दामा जिल्लाकै फैसलालाई सदर गरेपछि व्यवसायीले उन्मुक्ति पाएका हुन् । व्यवसायीको उक्त मुद्धामा जिल्ला अदालत रुपन्देहीले विसं ०७३ साल जेठ १२ गतेको फैसलामा व्यवसायीलाई उन्मुक्ती दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालयवाट पुनरावेदन गरिएको थियो ।

सोहि प्रकरणमा ५ जना टयांकर चालक भने दोषी ठहर भै सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री