बुधबार, १२ वैशाख २०८१

वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क शिक्षा

समयपोष्ट २०७४ मंसिर १४ गते ३:०६

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका सन्तानले अबदेखि निःशुल्क रुपमा प्राविधिक शिक्षा प्राप्त गर्ने भएका छन् ।

Advertisement

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलोपटक प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन बर्षे सिभिल इञ्जिनियरिङ, नर्सिङ तथा कृषितर्फ डिप्लोमा तहको प्राविधिक शिक्षा र साधारण लेखपढ गर्न सक्ने पीडितका सन्तानलाई एक बर्षे प्राविधिक शिक्षा निशुल्क रुपमा लिन पाउने व्यवस्था मिलाएको हो ।

आउँदौ चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीनबर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एक बर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री