शुक्रबार, १४ वैशाख २०८१

दुग्ध उद्योगमा आगलागी,एक करोड बढीको क्षति

समयपोष्ट २०७४ मंसिर १३ गते ८:४८

इलाम मंगलबारे स्थित सूर्योदय नगरपालिका–६  हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ । बिहान साढे पाँच बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले जानकारी दिए।

Advertisement

आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलका प्रयासमा दुई  घण्टामा आगो नियन्त्रणमा लिइएको छ।रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री