बम विस्फोटमा कांग्रेस उम्मेदवारसहित ४ कार्यकर्ता घाइते
समयपोष्ट
२०७४ मंसिर १३ गते ६:३९
उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका-६ मा चुनावी प्रचार अभियानका क्रममा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । बम विस्फोटमा परी कांग्रेस कार्यकर्ता राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् ।
बम कसले प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया