शनिबार, १५ वैशाख २०८१

छ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाममा ल्याइँदै

समयपोष्ट २०७४ मंसिर १२ गते ६:१७

निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रयोग भएका ६ जिल्लाका ७१ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन बाँकी रहको जनाएको छ । 

Advertisement

अहिलेसम्म २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार, कुल दुई हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका नौ, भोजपुरका छ, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका एक स्थलको मतपेटिका सदरमुकाममा संकलन हुने क्रममा रहेका छन् । 

छवटै जिल्लाका बाँकी मतपेटिकालाई पैदलमार्ग, सडकमार्ग र हवाईमार्गबाट ल्याउने काम भइरहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री