सोमबार, २३ असार २०८२

दलाई लामाले दिए अभिव्यक्तिप्रति स्पष्टिकरण – बुद्ध लुम्बिनीमै जन्मेका हुन्

समयपोष्ट २०७४ मंसिर ११ गते ३:४३

तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् । निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् । 

Advertisement

एक महिनाअघि भारतको मेरठमा भएको कार्यक्रममा बुद्ध नेपाल, भारत, तिब्बत वा चीन कुनै पनि देशको नभएको बताएका थिए । उक्त अभिव्यक्तिप्रति विरोध भएपछि उनले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । 

‘गत महिना मेरठमा भएको अन्तरक्रियाका क्रममा दिएको जवाफप्रति असमझदारी पैदा भएकामा ध्यानाकर्षण भएको छ,’ लामाको भनाइ उद्धृत गर्दै उक्त अनलाइनमा उल्लेख छ, ‘संसारभरका बौद्ध धर्मावलम्बीजस्तै म निसंकोच बुद्ध लुम्बिनीमा जन्मेको स्वीकार गर्छु ।’ 

लामाले ज्ञानमार्फत बुद्धले समग्र एसियामा पारेको प्रभाव बुझ्नु अपरिहार्य भएको प्रसंग उठाउँदै उनी कुनै पनि देशमा मात्र सीमित नभएको धारणा राखेको दाबी गरेका छन् । अनलाइनमा उल्लेख छ, ‘यो सर्वव्यापी स्वीकार्य छ कि बुद्धले भारतमा ज्ञान प्राप्त गरेका मात्र हुन् ।’ उनले आफ्नो स्पष्टोक्तिले हालैका समय बुद्धको जन्मस्थानबारे भएको असमझदारी तथा भ्रम निवारण हुने आशा व्यक्त गरेका छन् । आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री