शुक्रबार, १४ वैशाख २०८१

अशुद्ध पानी बेच्नेको कारोबार रोकिने : चैतबाट जार र बोटलमा अनिवार्य सुरक्षित सिल

समयपोष्ट २०७४ मंसिर ११ गते ३:२९

सरकारले अशुद्ध पानी बेच्ने उद्योगको कारोबार बन्द गर्ने भएको छ । पिउने पानी र उत्पादन गर्ने उद्योगमै गुणस्तरको समस्या फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारोबार बन्द गर्नेसम्मको योजना बनाएको हो ।

Advertisement

यसका लागि विभागले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ जारी गरेको छ । उपभोक्ताको स्वास्थ तथा सुविधा कायम राख्न, स्वच्छ र गुणस्तरीय प्रशोधित पिउने पानीको उत्पादन र बिक्री वितरण कार्यलाई सुव्यवस्थित गर्न निर्देशिका जारी गरेको जनाएको छ ।

‘अनुगमनका क्रममा पानी उत्पादन गर्ने उद्योगमै समस्या देखिएको छ,’ विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘गुणस्तर सुनिश्चित गर्न असल उत्पादन अभ्यास (जीएमपी) मापदण्ड लागू गर्दै छौं ।

मापदण्ड कार्यान्वयन नगर्ने उद्योगको कारोबार रोक्का हुन्छ ।’ विभागका अनुसार मुलुकभर करिब ४ सय पानी उद्योग दर्ता छन् । कतिपय उद्योगहरू र्दाबिनै सञ्चालित छन् ।आजको कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री