शनिबार, १५ वैशाख २०८१

सलमान र एक्सगर्लफ्रेण्ड ऐश्वर्याको टक्कर

समयपोष्ट २०७४ मंसिर १० गते ११:१९

सलमान खान र ऐश्वर्या राय बच्चनका फ्यान दुबैलाई एकसाथ देख्न चाहन्छन् । यी दुबै एकै चलचित्रमा कहिले देखिने हुन्, यसको भने अहिले टुङ्गो छैन । तर यी दुबै एक अर्काेलाई टक्कर दिँदै एकसाथ भिड्ने  भएका छन् ।

Advertisement

सन् २०१८ को इदमा यी दुबैको चलचित्र बिच बक्सअफिसमा लडाइ हुने पक्क भएको छ । यही मिति रिलिजका लागि सलमानले चलचित्र ‘रेस ३’को सुटिङ सुरु गरिसकेका छन् । निर्माण युनिटले दिएको जानकारी अनुसार यो चलचित्र आउँदो बर्षको इदमा नै रिलिज हुनेछ ।

सलमानकी एक्सगर्लफ्रेण्ड समेत रहेकी ऐश्वर्याको चलचित्र ‘फन्ने खा’ पनि इदमै रिलिज हुने ट्वीट मार्फत सार्वजनिक गरिएको छ । ‘भाइ कहिले पनि टेन्सन लिदैनन्, उनको चलचित्रले कति कलेक्स गर्यो । कसरी कलेक्स गरिरहेको छ’ सलमानका नजिकका एक ब्यक्तिले भने ‘तर यस पटक डर भएको छ । ऐश्वर्यासँग फिल्म जुध्यो भने नाम पनि जोडीएर आउँछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री