शुक्रबार, १४ वैशाख २०८१

अपरान्ह तीन बजेसम्म ५५  प्रतिशत भन्दा बढी मतदान

समयपोष्ट २०७४ मंसिर १० गते १०:२४

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सुरु भएको मतदानमा अपरान्ह तीन बजेसम्म ५५  प्रतिशत भन्दा बढी मतदान भएको छ। 

Advertisement

उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएतापनि अन्य मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा समयमै मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतदान भइरहेको छ । प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पामा मतदान भइरहेको छ ।

प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान जारी  छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ । पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री