बिहीबार, १३ वैशाख २०८१

बढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने,निर्माणको जिम्मा प्राधिकरणलाई

समयपोष्ट २०७४ मंसिर ८ गते ८:०६

सरकारले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा नेपाल विद्युत प्राधिकरणलाई दिने निणर्य गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना  प्राधिकरणलाई दिने निणर्य गरेको हो ।

Advertisement

 मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिए । 

मन्त्री थापाले बढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने बताए । यसका लागि १५ दिनभित्र एक समिति निर्माण हुने र उसले दिएको रिर्पोटका आधारमा काम थालिने मन्त्री थापाको भनाइ छ ।

सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै गत कात्तिक २७ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय खारेज गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री