बुधबार, १२ वैशाख २०८१

जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम फेला, आजको चुनावी सभा स्थगित 

समयपोष्ट २०७४ मंसिर ७ गते ५:३९

 नुवाकोटको ढिकुरेमा आज हुने भनिएको बाम गठबन्धन र कांग्रेसको चुनावी सभा स्थगित भएको छ । जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम राखेको पाइएपछि बिहीबारको चुनावी सभा स्थगित गरिएको हो ।  बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खवर गरिएको छ भने अहिले विदुरको मुख्य सडक अवरुद्ध बनेको छ । 

Advertisement

यसैवीच जिल्ला प्रशासन कार्यलय नुवाकोटले लिखु गाउँपालिका वडा नं १ ढिकुरे बजारमा मंसिर सात गते विहान ६ बजेदेखि बेलुका नौ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । सो क्षेत्रमा कुनै पनि सभा जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । बजारको पुर्वमा चौघडा,पश्चिममा बराहफेदी डाँडा, उत्तरमा माझापानी र दक्षिणमा चौखडासम्म निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री