शुक्रबार, १६ चैत २०८०

नायिका निश्मा घिमिरेको विवाहको मिति तय

समयपोष्ट २०७४ मंसिर ६ गते ४:४५

नायिका निश्मा घिमिरे र कोरियोग्राफर तथा मोडल गम्भीर विष्टको विवाहको मिति तय भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडी मंसिर ७ गतेबाट श्रीमान-श्रीमती बन्दैछन् । 'लभ यू बाबा', 'रिदम', 'जन्मभूमी' फिल्ममा अभिनय गरेकी निश्मा अभिनीत नयाँ फिल्म 'हैरान' प्रदर्शनको तयारीमा छ । 

Advertisement

फिल्म 'लुट'बाट नृत्य निर्देशन थालेका गम्भीर विष्टले झन्डै तीन दर्जन फिल्ममा नृत्य निर्देशन गरिसकेका छन् भने दुई दर्जन बढी म्यूजिक भिडियोमा मोडल भएर पनि काम गरेका छन् । गम्भीरकी डान्स स्टूडेन्ट हुन् निश्मा । विष्टसँगै नृत्य प्रशिक्षण लिएपछि हाल निश्मा पनि उनको मैतीदेवीस्थित डान्स इन्स्टिच्युट 'डान्स फिवर'की प्रशिक्षक भएकी छिन्। 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री