शुक्रबार, १६ चैत २०८०

हेर्नुहोस् नेपाली नायिकाले गरिन भारतीय चलत्रिको आइटम गीतमा धमाकेदार नृत्य ( भिडियोसहित )

समयपोष्ट २०७४ मंसिर २ गते ८:३८

नेपाली चलचित्रकी नायिका जेनिशा केसीले बलीउडकी स्टार नायिका प्रियांका चोपडाको भोजपुरी चलचित्रमा अभिनय गरेकी छन् । ‘काशी अमरनाथ’ नामक चलचित्रको एक आइटम गीत हालै रिलीज भएको छ जसमा जेनिशाले नृत्य गरेकी छन् ।

Advertisement

जेनिशाले भोजपुरी चलचित्रका सुपरस्टार रवि किशनसँग उक्त चलचित्रमा प्रमूख भूमिकामा अभिनय गरेकी छन् । सार्वजनिक गीतमा रवि पनि देखिएका छन् ।

पर्पल पेब्बल पिक्चर्स र रोज क्वार्ज इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता प्रियांका चोपडा, सिद्धार्थ चोपडा र डा. नेहा शन्दिल्या हुन् । चलचित्रलाई सन्तोष मिश्रले निर्देशन गरेका छन् । यसअघि प्रियांकाले सिक्किम र दार्जिलिंङ् क्षेत्रमा छायांकन गरि नेपाली भाषाको चलचित्र बनाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री