शुक्रबार, ७ वैशाख २०८१

सिद्धार्थ इन्स्योरेन्सको नाफा ४ करोड १२ लाख रुपैयाँ

समयपोष्ट २०७४ मंसिर १ गते ५:१९

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको खुद नाफा यसै अवधिको तुलनामा ३२ लाख बढी हो । कम्पनीले २५ करोड ७ लाख रुपैंयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले पुनर्बिमा कमिसनबाट ६ करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी तथा कर्जाबाट १५ करोड ५७ लाख रुपैंया आम्दानी गरेको छ । कम्पनीले यसअवधिमा ८ करोड ८६ लाख रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशन समेत केही बढेको छ ।

Advertisement

कम्पनीले १ हजार १७३ वटा बीमा दाबी भुत्तानी मार्फत १५ करोड ८३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । उसले अझै २ हजार ७१७ वटा बीमा दाबीको ९० करोड १७ लाख भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको  छ । कम्पनीको जगेडा कोषमा १६ करोड ५३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको बीमा कोषको आकार ४३ करोड पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ६३ पैसा रहेको इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९०.१४ गुणाले बढी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री