आइतबार, २२ असार २०८२

‘कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ र फेरि पनि प्रधानमन्त्री मै हुन्छु ’

समयपोष्ट २०७४ कार्तिक ३० गते ५:४०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पनि आफै प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । बिहीबार बिहान कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा ‘अन्तिम प्रधानमन्त्री’ भन्ने केपी ओलीको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री देउवाले भने,कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ र फेरि पनि प्रधानमन्त्री मै हुन्छु ।’ 

Advertisement

चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा रहेका कांग्रेस सभापति देउवाले ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री बन्छस् भनेकाले फेरि पनि आफै प्रधानमन्त्री  हुने बताए  । देउवाले आफूले चुनाव जित्ने पक्कापक्की भएको बताउदै सुदुर पश्चिममा कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री