शनिबार, १५ वैशाख २०८१

विभिन्न अभियोगमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

समयपोष्ट २०७४ कार्तिक ३० गते २:४३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Advertisement

राजस्व रकम आम्दानी रसिद नकाटी हिनामिना गरेको अभियोगमा बुधबार अख्तियारले विशेषमा मुद्दा दायर गरेको हो । वडा सचिव सुवेदीले सरकारलाई हानिनोक्सानी पु¥याउने गरी चार लाख ३२ हजार २१० रुपियाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरेको हो । वि.सं. २०७१ मङ्सिर २५ देखि २०७२ चैत ३० सम्म वडा सचिव सुवेदीले उक्त रकम हिनामिना गरेको दाबी अख्तियारको छ । 

सुवेदीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर गरेको आरोप लगाउँदै अख्तियारले हिनामिना रकम बराबरको बिगो दाबी गरेको छ । सुवेदीविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजायको पनि माग गरिएको छ ।  

यसैबीच अख्तियारले कैलालीको भैरवमाला राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि जैसीले विद्यालयको रकम हिनामिना गरेको आरोपमा बुधबार नै भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियारले सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष भूमिप्रसाद जैसी र पूर्वप्रधानाध्यापक मोतीराम जैसीविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

अख्तियारले धादिङका तत्कालीन प्रमुख मालपोत अधिकृत शङ्करप्रसाद भेटवाल, मालपोत अधिकृत कुशध्वज खत्री, शाखा अधिकृत रामकृष्ण खत्री, नायब सुब्बा नेत्रराज जोशी, नायब सुब्बा जयबहादुर खड्का, नायब सुब्बा मुकुन्दराज पाण्डे, खरिदार राधाकृष्ण नेपालविरुद्ध मुद्दा दर्ता गरेको हो । 

यस्तै नापी कार्यालय धादिङका तत्कालीन अमिन भीमप्रसाद श्रेष्ठ, सर्वेक्षक विश्वकुमार बस्नेत, सर्वेक्षक रवीन्द्रनाथ ठाकुरविरुद्ध पनि मुद्दा दायर भएको छ । किर्तेमा संलग्न जग्गाधनी भनिएका लीलाबहादुर श्रेष्ठ र प्रदीप अधिकारीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको हो ।   गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री