मंगलबार, ११ वैशाख २०८१

सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको ’सानिमा इक्विटी फण्ड’जारी गर्ने

समयपोष्ट २०७४ कार्तिक २९ गते ४:४३

सानिमा क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको ’सानिमा इक्विटी फण्ड’ निष्काशन गर्ने भएको छ । क्यापिटलले १० रुपियाँ अंकित मूल्यकाे एक अर्ब २० करोड रुपैयाँ बराबरको सानिमा इक्विटी फण्ड’ को १२ करोड इकाई निष्काशन गर्ने भएको हो । निष्काशनका लागि धितोपत्र बोर्डबाट  क्यापिटलले अनुमति पाईसकेको छ । 

Advertisement

सानिमा क्यापिटल सानिमा बैंकको सहायक कम्पनी हो । इकाइको निष्काशनको क्रममा मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था छ । कोषमार्फत संकलित अधिकांश रकम सेयरबजारमा लगानी गरिने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ भने बाँकी लगानी निक्षेप लगायतका अन्य वित्तीय उपकरणमा हुनेछ ।

सात बर्षे बन्दमुखी यो योजना सेयर बजारमा सूचीकृतपछि भने हरेक दिन किनबेच गर्न सकिनेछ । कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिनसक्ने अवस्था बन्नेछ । ७ वर्षमा परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटवर्थ प्रतिसेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउँनेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री