शुक्रबार, १४ वैशाख २०८१

हिमालयन जनरल इन्स्योरेन्सको ७१ हजार ५३० कित्ता सेयर लिलामीमा

समयपोष्ट २०७४ कार्तिक २७ गते ७:४३

हिमालयन जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि ७१ हजार ५३० कित्ता सेयर लिलामी खुला गरेको छ ।  इन्स्योरेन्सले असार २८ गतेदेखि भदौ ९ गतेसम्म जारी गरेको १६६ प्रतिशत हकप्रदमा बिक्री नभएको सेयर सोमबारबाट लिलामीमा राखेको हो । 

Advertisement

लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा मंसिर ४ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । ईच्छुक लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी काठमाडौका साथै एनएमबि बैंकको वीरगञ्ज, पोखरा, सुर्खेत, विराटनगर, बुटवल, नेपालगञ्ज र घनगढी शाखा कार्यालय मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री