शुक्रबार, १६ चैत २०८०

किन अड्किए कोलकाता बन्दरगाहमा हजार कन्टेनर ?

समयपोष्ट २०७४ कार्तिक २४ गते १:५९

नेपालका लागि सामान लोड गरिएका करिब एक हजार कन्टेनर भारतको कोलकाता बन्दरगाहमा अलपत्र छन् ।

Advertisement

आयातसँगै बढेको कन्टेनरको चाप व्यवस्थापन नहुँदा कन्टेनर अड्किएका हुन् । यसप्रति कोलकाता बन्दरगाह व्यवस्थापक, वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालक र नेपाल सरकार तीनै पक्ष उदासीन छन् ।

कन्टेनर रोकिँदा आयातकर्ताले अतिरिक्त शुल्क तिर्नुपर्छ । समयमा सामान ढुवानी नहुँदा व्यवसायीले विलम्ब शुल्कका नाममा समेत ठूलो रकम तिर्नुपर्छ । त्यसको असर सर्वसाधारणले महँगो मूल्यमार्फत चुकाउनुपर्छ ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं आयातकर्ता प्रदीप केडियाका अनुसार यसरी रोकिएका एउटा कन्टेनरबापत डेढ लाख रुपैयाँभन्दा बढीसम्म शुल्क तिर्नुपरेको छ ।

‘यसरी आयातमा बढेको खर्च व्यवसायीले आफ्नो खल्तीबाट तिर्ने त होइनन्,’ केडियाले भने, ‘यो सबै सामानमा जोडिने हुँदा उपभोक्ताले बढी मूल्य तिर्नुपरेको छ ।’ संघका अनुसार बन्दरगाहमा हुने अस्तव्यस्तता र सरकारी उदासीनताले ढुवानीमा बर्सेनि करिब ५ अर्ब रुपैयाँ अतिरिक्त खर्च भइरहेको छ । यसले अनाहकमा विदेशी मुद्रा खर्च हुनुुका साथै सामान पनि महँगिएको छ । कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री