शुक्रबार, १४ वैशाख २०८१

चितवनका राप्रपाका २०० युवाहरु बाम गठबन्धनमा प्रवेश

समयपोष्ट २०७४ कार्तिक २३ गते ९:३४

राजेश कुमालकाे नेतृत्वमा चितवन जिल्लाका राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका छन्। 

Advertisement

बिहीबार दिउँसाे अनेमसंघ र अनेमसंघ (क्रान्तिकारी) काे संयुक्त चितवन जिल्ला भेलामा राप्रपा (प्रजातान्त्रिक) का २०० युवाहरु बाम गठबन्धनमा प्रवेश गरेका हुन्।

युवाहरुलाई माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डले बाम गठबन्धनमा प्रवेश गराएका थिए ।

बाम गठबन्धनमा प्रवेश गरेका युवा नेता राजेश कुमालले बिक्रम पाण्डेबाट चितवनकाे विकास र देशकाे नेतृत्व सम्भव नभएकाले अाफू बाम गठबन्धनमा अाएकाे जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री