शनिबार, ८ वैशाख २०८१

बिचमा बढेको सेयरबजार फेरी किन घट्यो

समयपोष्ट २०७४ कार्तिक २३ गते ९:२७

बिहीबार नेप्से परिसुचक ५.८९ अंकले घटेर १४६०.७३ अंकमा झरेको छ । यसदिन १ सय ५४ कम्पनीको १० लाख कित्ता सेयर ४६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको सेयर किनबेच भएको छ । 
आज जलविद्युत समुह उपसुचक ६.५३ अंकले र लघुवित्त समुह उपसुचक १.३ अंकले बढेका छन् । अन्य सबै समुह उपसुचकहरु घटेका छन् । यसदिन बाणिज्य बैंक समुह ६.७५,ब्यापार १.८६, होटल ९.३४,विकास बैंक ११.९६,फाईनान्स ७.६४,बिमा २४.४५,उत्पादनमुलक समुह ३ र अन्य समुह उपसुचक १.४५ अंकले घटेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री