शुक्रबार, १४ वैशाख २०८१

नागढुङ्गा सुरुङमार्ग निर्माणको जग्गा अधिग्रहण सुरु

समयपोष्ट २०७४ कार्तिक २२ गते ६:३३

नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्ग निर्माणका लागि सरकारले जग्गा अधिग्रहण प्रक्रिया सुरु गर्न सार्वजनिक सूचना जारी गरेको छ ।  

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरुङमार्गको ‘एक्सेस रोड’को लागि साविकको महादेशस्थान, दहचोक, बलम्बुर थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहणका लागि बुधबार सार्वजनिक सूचना जारी गरेको हो । 

सडक विभागले सुरुङमार्ग अन्तर्गत पूर्वी सडक निर्माणका लागि जग्गा अधिग्रहणका लागि प्रभावित क्षेत्रलाई लीषत गर्दै सूचना निकालेको हो । यो सुरुङमार्ग यसै आर्थिक वर्षबाट सुरु गर्ने योजना छ ।

कित्ता नम्बरसहित प्रकाशित भएको सूचना अनुरुप घर, जग्गा, टहरा, रुख विरुवा लगायतको मुआब्जा दावी गर्दै एक महिनाभित्र कागजात पेश गर्न सकिनेछ । ४३७ कित्ता जग्गा अधिग्रहणका लागि सूचना आएको हो । सरकारले जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ अनुसार जग्गा अधिग्रहण गर्न लागेको जनाएको छ । अबको ३० दिनभित्र सडकमा जग्गा तथा संरचनाहरु पर्नेले मुआब्जा दाबी गर्न सूचित गरिएको छ ।

३ लेनको एक्सेस रोडका लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको सूचना निकालेको हो । सुरुङमार्गका लागि आगामी डिसेम्बर-जनवरीमा ग्लोबल टेण्डर आहृवान गर्ने तयारी गरिएको सडक विभागले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री