शनिबार, १५ वैशाख २०८१

गुरुप्रसाद न्यौपानेबाट जफत जनता बैंकको सेयर लिलामी रोक्न उच्च अदालतको आदेश,सेयर लिलामी रोकियो

समयपोष्ट २०७४ कार्तिक २२ गते ५:२१

उच्च अदालत पाटनले जनता बैंकलाई गुरुप्रसाद न्यौपानेको श्रीमतीबाट जफत गरेको सेयरको लिलामी प्रकृया रोक्न आदेश दिएको छ । आवेदन दिने अन्तिम दिन मंगलबार अदालतले जनता बैंकको नाममा आदेश गरेपछि लिलामी प्रकृया स्थगित भएको छ । उच्च अदालत पाटनले शेयर बोलकबोल आव्हान सूचना बमोजिम कुनै पनि काम कारबाही नगर्नु नगराउनु भनी आदेश जारी गरेको हो । जनता बैंकले न्यौपानेबाट जफत गरेको ८५ हजार एक कित्ता साधारण सेयर कार्तिक १५ देखि २१ गतेसम्म लिलाममा राखेको थियो । बैंकले सेयर लिलाममा राखेपछि न्यौपानले राष्ट्र बैंक र जनता बैंक बिरुद्ध मुद्धा दायर गरेका थिए ।  अदालतको  आदेशसँगै हाललाई सो लिलामी प्रकृया रोकिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री