शुक्रबार, १४ वैशाख २०८१

मुलुक निर्वाचनमय तर व्यवसायी डर , धम्की र चन्दा त्रासले गुप्तवास !

समयपोष्ट २०७४ कार्तिक २१ गते २:५३

आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मुलुक निर्वाचनमय बन्दै गएको छ ।मुलुकका सबै क्षेत्रका व्यक्तिलाई यसले उत्साही तुल्याएको भए पनि निजी क्षेत्रका अधिकांश उद्यमी व्यवसायी भने गुप्तवास बस्न थालेका छन् ।

Advertisement

विगत वर्षहरूमा जस्तै यसपटक पनि डर र धम्की देखाएर चन्दा असुल्ने भयले उनीहरू राजनीतिक दलहरूको सम्पर्कबाट टाढै बस्न खोजेका हुन् । उद्यमी व्यवसायीहरू चुनावी माहोलमा रमाउन नसकिरहेको बेला राजनीतिक दलहरूले भने चन्दाको शैली परिमार्जन गरी केही लचिलो बन्ने प्रयास गरेका छन् । उनीहरूले विगतमा जसरी डर र धम्कीपूर्ण तरिकाले नभई स्वेच्छिक रूपमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिरहेका छन् ।

निजी क्षेत्रका उद्यमी व्यवसायीहरूको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष हरिभक्त शर्माले जथाभावी रूपमा चन्दा माग गर्ने परिपाटीको अन्त्य गरी यसलाई कानुनी दायरामा ल्याउन आवश्यक भएको बताए ।

‘दलहरूले आफ्नो विधानमा नै आयस्रोतका रूपमा चन्दालाई नै देखाएकाले उनीहरूले चन्दा माग गर्नु स्वाभाविक नै हो,’ उनले भने ‘यद्यपि यसलाई पारदर्शी बनाई कसले कति लियो र कसले कति दियो भन्ने प्रस्ट व्यवस्था हुनुपर्छ ।’  राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री