आइतबार, १६ फागुन २०७७

उपेन्द्र यादव सप्तरी किन सरे ? रोमाञ्चक चुनावी माहोल

समयपोष्ट २०७४ कार्तिक १९ गते ३:०१

भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका उपेन्द्र यादवको उम्मेदवारीले सप्तरी २ को चुनावी माहोल रोमाञ्चक बनेको छ । 

Advertisement

संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे । यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन् । पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन् ।

भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ ।

Advertisement

राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले पनि गहन गृहकार्य गरिरहेका छन् । यसले चुनावी माहोल थप रोमाञ्चक बनेको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ ।  कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री