शनिबार, १५ वैशाख २०८१

सिद्धार्थ बैंकको खुद नाफा ३९.८२ प्रतिशतले घट्यो

समयपोष्ट २०७४ कार्तिक १७ गते ७:३०

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ करोड ६४ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ३५ करोड ९६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३९.८२ प्रतिशतले घटेको छ । 

Advertisement

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ३७ करोड ५१ लख १९ हजारबाट ६ अर्ब ४ करोड ४९ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी १०२.८१ प्रतिशतले बढेको छ । बैंकले सामान्य मात्रामा कर्जा तथा निक्षेपको आकार बढाएर बैंकले कुल व्याज आम्दानीको आकार केही मात्रामा बढाएको छ । तर व्याज आम्दानीको वृद्धिभन्दा धेरै व्याज खर्च बढेका कारण उसको खुद व्याज आम्दानी नै ६२ करोडबाट ५० करोडमा झरेको छ ।

बैंकको जगेडा कोषमा ३ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ७३ पैसा छ । निष्कृय कर्जा अनुपात १.५९ प्रतिशतबाट २.०१ प्रतिशतमा उक्लिएको बैंकको सीडी रेशियो ७८.३६ प्रतिशत छ । यसले बैंकलाई कर्जा प्रवाह भन्दा बढी निक्षेप संकलनमा केन्द्रित हुनु पर्ने देखाउँछ । बैंकको मूल्य आम्दानी अनुपात ३२.६८ गुणाले बढी छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ६३ पैसा थियो । अहिले बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६५ पैसामा झरेको छ । 

माथि उल्लेखित पूँजीमा बैंकले निष्काशन गर्न लागेको १० प्रतिशत हकप्रदको कल इन एडभान्सको रकम पनि सायोजन भएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री