बिहीबार, १३ वैशाख २०८१

प्राइम बैंकको खुद नाफा ३४ करोड, हिमालयनको नाफा झण्डै २ करोडले घट्यो

समयपोष्ट २०७४ कार्तिक १६ गते ४:५५

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकले ३४ करोड १७ लाख ५० हजार रुपैंया खुद नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा २५ करोड १० लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको थियो । 

Advertisement

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३ अर्ब ७० करोड ५२ लाख रुपैंयाबाट ६ अर्ब ३२ करोड ५४ लाख रुपैंया कायम भएको छ । १५ करोड ६० लाख रुपैंया प्रोभिजन गरेको बैंकले १० करोड ३१ लाख रुपैंया राइट व्याक गरेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.३२ बाट १.३७ प्रतिशत पुगेको छ । बैंकको सिसिडी रेसियो ७५.७० प्रतिशत छ । 

बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५४ रुपैंया ६८ पैसा छ । बैंकको  तरलता अनुपात २७.९० प्रतिशत छ । बैंकको मूल्य आम्दानी अनुपात २०.५५ प्रतिशत रहेको छ । 

त्यस्तै हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड १ लाख १२ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४३ करोड ८४ लाख ६१ हजार रुपैंया खुद नाफा कमाएको थियो । 

बैंकले गत वर्षको असोजको भन्दा ३ अर्व बढी निक्षेप संकलन गरेको छ । समीक्षा अवधिमा बैंकको ९३ अर्वको निक्षेप अहिले ९६ अर्व पुगेको छ ।

गत वर्ष कर्जा परिचालन ७२ अर्वको हाराहारिमा गरेको बैंकले अहिले ८० अर्वको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह झण्डै ८ अर्वले बृद्धी भएको हो । यस अवधिमा बैंकको निष्कृय कर्जा अनुपात १.१७ प्रतिशतबाछ बढेर १.२४ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा ८२ करोड ६१ लाख रुपैयाँ व्याज आम्दानी गरेको बैंकको ब्याज आम्दानीमा करिब २ करोडको ह्रास आएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८२ करोड ६१ लख रुपैंयाबाट ७७ करोड ५४ लाख रुपैंयामा झरेको छ । 

बैंकले सम्भावित जोखिम वापतको व्यवस्थाका लागि २० करोड भन्दा बढी रकम छुट्याउँदा झण्डै २० करोड रुपैंया नै राइट व्याक गरेको छ । मूल्य आम्दानी अनुपात ३५.३५ गुणा बढी रहेको बैंकको तरलता अनुपात २०.६९ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री